कलंकीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
वि.सं.२०७९ भदौ २४ शुक्रवार १२:१३
783
shares

काठमाण्डौँ– काठमाण्डौँ महानगरपालिका–१४ कलंकीमा गएराति रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक काठमाण्डौँ बसन्तपुरका ३१ वर्षिय सुनोजमान डंगोल र पछाडी सवार ललितपुर बाडेगाउँका २२ वर्षिय अभिषेक मर्हजन गम्भिर घाईते भएका थिए ।
घाईते दुबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेकोमा चालक डंगोलको राति पौने २ बजे मृत्यु भएको हो ।
गएराति १ बजे डंगोलले चलाएको प्रदेश ३ ,०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमति प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो ।
दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।
वि.सं.२०७९ भदौ २४ शुक्रवार १२:१३
















