skip this

पाँचथरमा करेन्ट लागेर एक जनाको ज्यान गयो, एक जना घाइते

2.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भइ करेन्ट लाग्दा घाइते भएका तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा गएराति ज्यान गएको हो । करेन्ट लागेर त्यही ठाउँका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् । हिजो दिउँसो २ बजे जीवनको घरमा रहेको मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल पुर्याउनासाथ जीवनलाई चिकित्सकले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।करेन्ट लागेर घाइते भएकाको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630