दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनु पर्छ –शेरबहादुर कुँवर
वि.सं.२०७९ साउन १६ सोमवार १६:२९
2.64K
shares

काठमाडौं । दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको भनाई छ। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दक्ष सीप हासिल नगरि जाँदा वैदेशिक रोजगारका क्रममा दुःख पाउने क्रम बढेको भन्दै सीप भएका जनशक्तिलाई मात्र पठाउनुपर्ने बताएका हुन्।
उनले कतारमा प्रहरी भर्नाको मागका बारेमा सरकारलाई कुनै जानकारी नभएको बताए। श्रम बजार खुल्ला गरेपछि यस क्षेत्रलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। मन्त्री कुँवरले नेपालमा नै बाहिर मुलुक भारतबाट आएर श्रम गरिरहेको भन्दै नेपालकै श्रमिक रोजगारका लागि विदेशमा गएर काम गर्नुपरेको बताए।
वि.सं.२०७९ साउन १६ सोमवार १६:२९

















