पशुपतिमा भीडका कारण पुलको पर्खाल भत्कियो, एक जना घाइते
पुरानाे पुलमा धेरै भक्तजनकाे घुईचाे
वि.सं.२०७८ फागुन १७ मंगलवार २२:३४
1.82K
shares

काठमाडौं । अत्यधिक भीडका कारण पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमाथिको पुलको पर्खाल भत्किँदा एक जना घाइते भएका छन् ।
शिवरात्रिका अवसरमा मंगलबार साँझ बागमती नदीमाथि बनेको पुलमा मानिसहरूको भीड लागेको थियो । भीडका कारण पुलका पर्खाल भत्केर केही भक्तालुहरू नदीमा खसेका थिए ।
उनीहरूको सकुशल उद्धार गरिएको पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले जानकारी दिए । उनका अनुसार निकै पुरानो पुलले मानिसहरूको अत्यधिक चापलाई थेग्न नसकेर दुर्घटना भएको हो ।
वि.सं.२०७८ फागुन १७ मंगलवार २२:३४
















