skip this hetauda tech

पथलैयामा सिभिल ईन्जिनियरिङ ल्याब सहयाेगार्थ देउसी भैलाे, उम्मेदवार नाचेपछि..

2.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ल्याब स्थापनार्थ देउसी भैलाे खेलिरहेको छ ।

प्राविधिक शिक्षा अन्तर्गत सिभिल ईन्जिनियरिङ ल्याब निर्माण गर्न सहयाेग जुटाउन देउसी भैलाे खेलिरहेकाे हाे ।

देउसीमा विद्यार्थी, शिक्षक, कर्मचारीसहित कलाकारकाे टाेली समेत सहभागी छ । कलाकारले गितसंगितमार्फत पथलैयामा देउसीमा प्रस्तुति दिईरहेका छन् ।

देउसीमा बारा क्षेत्र नं. ४ का सत्ता गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान, प्रदेश सभाका बारा ४ (क) का क्षेत्रबहादुर श्रेष्ठ अनिल अतिथिका रुपमा सहभागी छन् । उनीहरु सहभागीसंग नाचेर हाैसला बढाएका थिए ।

कार्यक्रममा सम्बाेधन गर्दै उम्मेदवारीद्वयले पथलैयाकाे समस्या समाधान गर्ने प्रतिवद्वता जनाएका थिए । पथलैयाकाे विकासका लागि याेजना बनाएर लाग्ने समेत बताएका छन् ।

nijgadh-supermart-adz1200-630