skip this

माइक्रो बसको ठक्करबाट बर्दियामा पैदलयात्रीको मृत्यु

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिका–६ नौरंगामा हिजो साँझ माईक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका–१ का ३२ वर्षीय बसन्त थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो ।

नेपालगञ्जबाट गोलातर्फ आउँदै गरेको भे १ ख ३३६४ नम्बरको माईक्रो बसले पैदल हिडिरहेका थारुलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको हो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630