कारको ठक्करबाट दाङमा पैदलयात्रीको मृत्यु
वि.सं.२०७९ असार २७ सोमवार १३:४०
1.63K
shares

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१० मा गएराती कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २४ वर्षीय देवराज चौधरी रहेका छन् । कारको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०१ ०२५ च ७७६४ नम्बरको कारले गएराती पौने १० बजे चौधरीलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न कार सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नारायणपुर दाङले जनाएको छ ।
वि.सं.२०७९ असार २७ सोमवार १३:४०

















