नेपाल आयल निगमले घटायाे पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर १० रुपैयाँ
वि.सं.२०७९ जेठ १९ बिहीवार २०:३६
1.5K
shares

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरि मूल्य घटेको हो ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगम सञ्चालक समितिले १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।
मुल्य घटेसंगै पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर १७० कायम भएको छ । सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।
वि.सं.२०७९ जेठ १९ बिहीवार २०:३६

















