skip this yams_Max_Hospital.jpeg

गौरीशंकरको स्वर्ण जयन्तीको स्टेज बाहिरको रौनक : भान्सादेखि विज्ञान–प्रविधि र बारीसम्म (फोटो फिचर)

2.74K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयले स्वर्ण जयन्तीको अवसरमा बुधबार एतिहासिक रुपमा औपचारिक कार्यक्रम ग¥यो । जसको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरे ।

औपचारिक कार्यक्रममा वडादेखि सांसद, सभासददेखि पूर्वमन्त्रीका जनप्रतिनिधिसम्म थिए । विभिन्न क्षेत्रका दिग्गज हस्तीले भरिभराउ स्टेजमा सम्मान र शुभकामनाका सन्देश प्रवाह भईरहदाँ धेरैलाई विद्यार्थीको स्टलले ध्यान तानिरहेको थियो ।

विद्यार्थीका स्टलमा धेरै अभिभावक र अतिथिलाई उत्सुकता जगाएको थियो । विद्यार्थीले बनाएका भान्सादेखि बारीसम्म र प्रविधिदेखि विज्ञानसम्मका प्रतिभालाई अभिरुचीका साथ हेर्ने दर्शकले भरिभराउ थियो ।

चिसो चिसो मौषममा तातो तातो पकौडा बनिरहेको थियो । प्राविधिक शिक्षा पढाई रहेको विद्यालयमा विद्यार्थीले कृषि प्रविधि र उत्पादनको कृषि स्टलमार्फत प्रदर्शन गरेका थिए । उनीहरुले माटो परीक्षणदेखि कृषि उपजमा सिचाईको आधुनिक प्रविधिको प्रयोगबारे समेत दर्शकहरुलाई बुझाईरहेका थिए ।

विज्ञान प्रयोगशालामा हुने परीक्षणदेखि विभिन्न आविष्कारका नमुनाहरु विद्यार्थीले प्रदर्शनमा राखेका थिए ।

nijgadh-supermart-adz1200-630