skip this yams_Max_Hospital.jpeg

फिटवेल गार्मेन्ट उद्योगका सञ्चालक भारती गौरीशंकरको स्वर्ण जयन्तीमा सम्मानित

4.91K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयले काठमाडौंमा फिटवेल गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएका बाराको निजगढ–७ का मनोज भारतीलाई सम्मान गरिएको छ ।

विद्यालयको स्वर्ण जयन्तीको अवसरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सम्मान–पत्रले सम्मान गरेका हुन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौला, प्रधानाध्यापक बन्द्रिनारायण झाको उपस्थिति रहेको थियो ।

विद्यालयको पुर्व विद्यार्थी भारतीले सञ्चालन गरेको उद्योगमार्फत रोजगारी सृजना गरेको भन्दै विद्यालयले सम्मान–पत्र र दोसल्लासहित सम्मान गरेको हो ।

यसअघि भारतीलाई धादिङमा सम्मान गरिएको थियो । २०७९ फागुनमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले कदरपत्रसहित व्यवसायी भारतीलाइ सम्मानित गरिएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले व्यवसायि भारतीलाइ कदरपत्र प्रदान गरेका हुन् ।

भारतीले यसअघि विकास रत्न पदक समेत पाएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा २०८० बैशाखमा राष्ट्रपतिबाट भारतीले पदक पाएका हुन् ।

त्यसअघि उनी २०७६ मा श्रम तथा रोजगार मन्त्रालयबाट समेत सम्मानित भएका थिए । वैदेशिक रोजगारीबाट फर्केर उद्यममार्फत रोजगारी सृजना गरेको भन्दै उनलाई तत्कालिन श्रम मन्त्री गोकर्ण विष्टले सम्मान गरेका थिए ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टबाट सम्मान ग्रहण गर्दै मनोज भारती ।

को हुन् मनोज भारती ?

व्यवसायसंगै सामाजिक कार्यमा समेत सक्रिय रहेका भारती वैदेशिक रोजगारीबाट फर्किएर गार्मेन्ट उद्योग सञ्चालन गरेर सयौंलाई रोजगारी समेत दिएका छन् ।

भारतीले भुकम्प, कोभिड–१९, बाढी पहिरो लगायत विभिन्न विपत्त तथा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । उनले विद्यार्थी, खेलाडी, पत्रकार लगायतलाई समेत उद्योगबाट उत्पादित जर्सी उपलब्ध गराएर सहयोग गर्दै आएका छन् ।

मनोज भारतीले सञ्चालन गरेको फिटवेल गार्मेन्ट ।

nijgadh-supermart-adz1200-630