skip this

कविता : चिन्ता

2.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

म ठगेर खाँदिन
भ्रमको खेतीमा आर्जन
गरेको मेरा लागी अभिशाप हो
किनकी म सत्यलाई अंकमाल गर्छु !

सत्यको बाटो हिँँडन
मैले मेरी आमाको आशिष
पाएकी छु !

हो मलाई लालसी र
बेबिचारी हरूको संगत
मन पर्दैन आमा .. .. ..

यहाँ त खोजी खोजी अन्याए र
अपराधको तराजुमा
स्वालम्वि र स्वाभिमानीको शिरलाई
मोलतोल गरी जोख्न !
तँछाड मछाड गर्ने व्यासाहरू धेरै छन !
जस्ले आफ्ना आफन्त नाता गोता
कुल कुटुम्ब केहि नभनी नसोंचि
छिन भरमै सिध्याउँन खोज्छन !
आमा ,,
हुन त तिनलाई पनि तिमीले
नौं महिना कोखमा राखी
जन्म दिएकी हौं !

 

तर किन तिनी भित्र
दयाको भाव र स्नेेह छैन किन
करूणा र ममता छैन …
म यहि प्रश्नको उत्तर सदियौं
देखि खोजिरहेछु !

जसले भाई काटेर किन
रगतको आहालमा
पौडिन खोज्छन ,
पापको हवेली भित्र किन
मुस्कुराउँदै बाँच्न खोज्छन ….

हो आमा
ठिक उल्टो देख्दैछु
बाघ जतिनै भोको भए पनि
नर्क भोजन गर्दैन उसलाई
मांसनै चाहिन्छ !
त्यसैले म भन्छु यि पनि
नर पिचास पिपासु
बाँघ समान हुन !

जहाँ शान्तिका प्रतिक
बुध्दका जस्ता संदेश एकातिर
पञ्छाएर कोत पर्व
मान्न पछि पर्दैनन !

रक्ताम्मे हातले मन्दिरका
जोडी परेवा समाउँदै
सुसासन र अमनचैनका
बिगुल उफ्री उफ्री
फुक्ने गर्छन !हो तिनै झन्का र
अनि कारूणिक दृश्यले मन
भयभित भयको छ आमा !

तिमीले ठुलाको मान गर्नु पर्छ
भन्दै गर्दाम,मेरो पवित्र
भूमिमा फूलेका पुष्प गुच्छालाई
चुँडेर यि अपराधिहरूको
शरणमा कसरी बिछ्याउँ र पाउँ ढोँगु …..
आमा ?
यदि गुरू र चेलाको जस्तो
संवन्ध भएको भए सुनमा सुगन्ध
जस्तै लाग्थ्यो मलाई ।

आमा !

तिम्रै स्तन चुसेर
तिम्रै छातीमा लात हानी बुर्कुसी
मार्नेलाई अव मैले कहिल्यै
आफ्नो ठान्ने छैन ,
किनकी यिनले मलाई र
मेरो सन्ततीलाई पनि
वाकि राख्ने छैनन !

त्यसैले मेरा यि दश औंला जोडी
विनम्र विन्ती पुकार छ
हे आमा “”
मलाई यि दुश्टलेहरूले फसाउँन
बुनेका महाजाल र रचेका
षडेन्त्रहरू बाट जोगिन सक्ने
संभवनाको खोजी गरिदेउ छिटै नै

किनकी म पनि तिमी जस्तै
यो जगत र यहाँ भएका
सबै प्राणीहरूको
भलो चाहने एक निश्वार्थ
मानव हुँ ।

-सुकेधारा, काठमाडौं

nijgadh-supermart-adz1200-630