skip this

एमसीसीको जनप्रतिरोध ! (तस्वीरमा हेर्नुस्)

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा विवादित बनेको अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबल गर्ने सरकारीको सर्वत्र विरोध भएपछि रोकिएको छ ।
सडकबाटै एमसीसीको जप्रतिरोध भएसंगै सभामुख अग्नी सापकोटाले कार्यसूचीमै नराखि चलाएको बैठक पाँच मिनेटमै स्थगित भयो । एमसीसी टेबल भए सरकार छाड्ने नेकपा (माओवादी केन्द्र) को चेतावनी र विपक्षमा मतदान गर्ने नेकपा (एकिकृत समाजवादी) को निर्णय अप्ठेरोमा परेका प्रधानमन्त्री शेरबहादुर देउवा ‘ब्याक’ भए ।
जनप्रतिरोध
विप्लव नेतृत्वको नेकपासहित पाँच दलले बन्द नै आह्वान गरेको थियो भने माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेपाल मजदुर किसान पार्टीका भ्राृत संगठनहरुले पनि विरोध प्रदर्शन गरे ।
विरोध प्रदर्शका क्रममा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले संसद भवन घेर्ने प्रयास गरे । माइतीघर– तीनकुने सडकमा यातायात, व्यवसाय प्रभावित भए ।

एकातिर सुरक्षा दस्ता, अर्कोतर्फ प्रदर्शनकारी । माइतीघरतर्फबाट आएका प्रदर्शनकारीले एभरेस्ट होटल नजिक प्रहरीले राखेको घेरा तोड्न बारम्बार प्रयास गरे । प्रहरी घेरा तोड्न नदिन प्रयासमा रह्यो । प्रहरी र प्रदर्शनकारीबीच दिनभर घम्साघम्सी चल्यो ।
प्रदर्शनकारीले प्रहरी घेरा तोड्न खोजेपछि पानीको फोहरा हान्यो, प्रदर्शनकारीले पानीका बोतल, ढुङ्गा, इट्टा हाने प्रहार गरेका थिए । प्रहरीले अश्रुग्याँस हानेपछि भागदौड नै चल्यो । प्रहरीले दुई सयबढी प्रदर्शकारीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरुलाई रोक्न खोज्दा झडप भएको थियो । झडपमा केही घाइते भएका छन् । ढुंगा लागेर पत्रकार, प्रहरी र प्रदर्शकारी समेत घाईते भएका छन् ।

nijgadh-supermart-adz1200-630