skip this farak Kura Pravakar

माओवादी नेता फकिरालाई उपचारकाे लागि हेलिकप्टरमा काठमाडाैं ल्याइयाे

909 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता फकिरा महताेलाई हेलिकप्टरमा काठमाडाैं ल्याइएकाे छ ।
मुटुकाे समस्याका कारण निकै असहज महसुस भएपछि शुक्रबार साँझ उपचारका लागि हेलिकप्टरबाट काठमाडौ ल्याईएकाे हाे ।
धनकाैलकाे हरकठवा घर भएका महताेलाई उपचारका लागि हेलिकप्टर ल्याईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
उपचारका लागि मलंगवा लगिएकाेमा निकै असहज महसुस भएपछि तत्काल सिम्रिक एयरकाे हेलिकप्टरबाट काठमाडौं ल्याईएकाे हाे ।
महताे २०७४ सालकाे निर्वाचनमा क्षेत्र नम्बर ४ प्रदेश `क´ मा माओवादीकाे तर्फबाट प्रदेश सभाका प्रत्यासी हुन् ।

nijgadh-supermart-adz1200-630