एसमीसीसम्बन्धी सबै सम्झौता र पत्राचार सदनमा ल्याएर मात्रै निर्णय गर्न खनालको माग
वि.सं.२०७८ फागुन १५ आइतवार १७:३१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एसमीसीसम्बन्धी सबै सम्झौता सदनमा पेस गरेर अध्यनपछि मात्रै निर्णयमा पुग्नुपर्ने माग गरेका छन् ।
उनले शर्त राखेर र नेपालको स्वाभिमान तल पारेर दिइने एक पैसा पनि चाहिँदैन ।
एमसीसीमाथि सदनमा सामान्य छलफल भएपछि आइतबार आफ्ना धारणा राख्दै खनालले एमसीसी सम्बन्धी सबै सम्झौता र पत्राचार गनुपर्नेमा जोड दिए।
‘सम्झौतापछि पनि कार्यान्वनका नाममा १२, १३ वटा सम्झौता भइसकेका छन्,’ खनालले भने, ‘ती दस्तावेज यो संसदमा पेस नभएसम्म कसरी यस विषयमा छलफल हुनुसक्दछ ? हामीले ती सबै सम्झौता अध्यन र छलफल गर्न पाउनुपर्छ । अनि मात्रै यो सभाले निर्णय गर्नुपर्छ ।’
खनालले सबै सम्झौता र पत्राचार संसदमा अबिलम्ब बाँड्न माग गरे । उनले भने, ‘एसमीसी सम्बन्धी सबै सम्झौता यो सदनमा अवलम्बन वितरण गरियोस् । सबै पत्राचार पनि सदनमा आउनुपर्छ ।’
खनालले सम्झौतामा अमेरिकी सुरक्षा नीति उल्लंघन गर्ने कुरा रहेको भन्दै ती कुनै पनि मान्य नेपाल बाध्य नरहेको बताए । उनले सम्झौतामा खुल्ला बजार अर्थतन्त्र स्वीकार गर्नुपर्ने भएको भन्दै नेपालले समाजवाद उन्मुख अर्थतन्त्रमा जानेकुराबाट यताउति नहुने समेत बताए ।
वि.सं.२०७८ फागुन १५ आइतवार १७:३१
















