skip this farak Kura Pravakar

एमसीसीलाई बाँदरको घाउ नबनाउन भट्टराईकाे आग्रह

633 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जसपाका सांसद डा. बाबुराम भट्टराईले एमसीसीलाई बाँदरको घाउ जस्तै बनाइएको टिप्पणी गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै एमसीसीबारे सत्य बोल्नुपर्ने पनि बताए ।

‘एमसीसी सामान्य सम्झौता थियो तर अहिले यसलाई बाँदरको घाउ हुँदै अहिले क्यान्सरको अवस्थामा पुगेको छ’, भट्टराईले एमसीसीका कारण देशलाई कित्ताबन्दी गरेको भन्दै यसैगरी जाने हो भने हामी कहाँ पुग्छौ रु’ भनेर प्रश्न गरे ।

उनले बोल्दा आक्रमण हुने अवस्था आएको भन्दै २०१७ मा कम्प्याक्टको भासा र २०१९ मा गरिएको सम्झौताको भाषाले आफुलाई पनि कताकता घोच्ने गरेको बताए ।

‘तर आधारभूत रुपमा हेर्दा त्यसमा हामीले आपत्ति गर्नुपर्ने विषय केही पनि छैन ।’ आफुले पटक–पटक पढेको भन्दै एमसीसीमा सबैले स्वीकार गर्नुपर्ने बताए ।

उनले एमसीसीबारे लामो ब्याख्या गर्दै अलिकति अप्रिय भएपनि स्वीकार गर्न आग्रह गरे ।

nijgadh-supermart-adz1200-630