skip this

निर्वाचनमा हुने गठबन्धनको विषय आइतबारसम्ममा टुंगिने प्रचण्डको भनाई

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भोलिसम्ममा गठबन्धनको टुंगो लागिसक्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनु भएको छ । सत्ता साझेदार दलका बीच स्थानीय तह निर्वाचनमा हुने गठबन्धनको विषय आइतबारसम्ममा टुंगिने बताउनु भएको हो ।

आज बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आज साँझसम्ममा खाका तयार हुने बताउनु भएको छ । निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताउनु भएको छ । उहाँले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिनु भएको छ ।

nijgadh-supermart-adz1200-630