skip this

मेयर उपमेयरमा कांग्रेसलाई नदिए गठबन्धन मान्दैनौँ –जनकपुर कांग्रेसका नगरसभापति

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जनकपुरधामका नगर सभापति मनोज साहले पाँच दलीय गठबन्धनले मेयर र उपमेयरका नेपाली कांग्रेसलाई छाडनु पर्ने अडान राखेका छन । मेयर र उपमेयर कांग्रेसलाई नदिए गठबन्धनबाट अलग्गिएर कांग्रेस एक्लै निर्वाचनमा लडने पनि उनले घोषणा गरेका छन् ।

‘राजनीतिक संयन्त्रको बैठकमा जनकपुरको मेयर र उपमेयर नेपाली कांग्रेसले पाउनुपर्छ भनेर पार्टीको निर्णय सुनाएको छु, उपेन्द्रजीको पार्टी जसपा नेपालले अस्विकार गरेको छ,’ साहले न्युज कारखानासँग भने, ‘ मेयर र उपमेयर नपाए कांग्रेस एक्लै निर्वाचनमा होमिनेछ ।’ उनका अनुसार २५ वटा नै वडामा अध्यक्ष र सदस्य उम्मेदवारको हकमा गठबन्धन गर्न भने कांग्रेसको मञ्जुरी रहनेछ ।

‘गत निर्वाचनमा कांग्रेसले ११ हजार बढी मत ल्याएको थियो’, साहले अगाडी भने, ‘यो जनमतलाई अपमान हुने गरी निर्णय हुन खोजेमा गठबन्धनवाट कांग्रेसले विद्रोह गर्नेछ ।’ गत निर्वाचनमा मेयरका उम्मेदवार भएर पराजित भएका साहलाई पुनः मेयरमा उठाउने जनकपुर कांग्रेसको तयारी छ ।

 

nijgadh-supermart-adz1200-630