एक–दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध हुँदैन –गगन थापा
वि.सं.२०७९ वैशाख ४ आइतवार १२:१९

काठमाडौं । एक–दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताउनु भएको छ । अबको एक,दुई दिनभित्रमा तालमेलको सम्भावना भएको ठाउँमा तालमेल हुने बताउनु भएको छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल नहुँने उहाँको भनाई छ । बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले स्थानीय तहको मर्मविपरीत भएको बताउनु भएको छ ।
उहाँले स्थानीय तहलाई दिएको अधिकार पनि खोसिको बताउँदै निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन मातहतका कार्यसमितिलाई निर्देशन दिनु भएको छ । महामन्त्री थापाले यस विषयलाई शनिबारको केन्द्रीय समितिको बैठकमा पनि उठाउनु भएको थियो । थापाले केन्द्रीय समितिबाट निर्णय गराएर मात्रै पार्टीका एजेण्डा गठबन्धनमा छलफल गर्नुपर्ने पार्टी बैठकमा उठाउनु भएको थियो ।
वि.सं.२०७९ वैशाख ४ आइतवार १२:१९

















