नेकपा (एस) बारामा पहिरो ! दुई प्रदेश सांसदसहित यी नेता एमाले फर्किए
वि.सं.२०७९ असोज १३ बिहीवार १३:४९

काठमाडौ- नेकपा (एकीकृत समाजवादी) पार्टी बारामा पहिराे गएकाे छ ।
प्रदेश सांसद समेत पार्टी जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मासहित दुई जना प्रदेश एमालेमा फर्किएका छन् । एमाले फर्किनेमा समानुपातिक सासंद सीता गुरुङ समेत छिन् ।

तत्कालिन एमाले जिल्ला अध्यक्ष रहेका विश्वकर्मा एमाले विभाजन हुदाँ नेकपा एस राेजेका थिए । उनीहरुसहित ११ जना नेताले नेकपा एस छाड्दै एमाले फर्किएका हुन् ।
एमाले फर्किनेमा दुई जना केन्द्रीय परिषद् सदस्य, तीन जना प्रदेश कमिटी सदस्य र तीन जना जिल्ला कमिटी सदस्य छन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गरेका छन् । उनीहरु नेकपा (एमाले) मा पार्टी केन्द्रीय कार्यालय, च्याशल ललितपुरमा पुगेका छन् । ११ जनाकाे सूची एमाले नेता एवम् काेल्हवी नगरपालिकाका निवर्तमान मेयर भरत भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकाे छन् ।
हेर्नुस् सुची

वि.सं.२०७९ असोज १३ बिहीवार १३:४९

















