skip this

सिम्रौनगढबाट ६० किलो गाँजा बरामद 

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

अन्दाजी ३/४ जना व्यक्तिले ३ वटा बोरामा बोकी लगी रहेको उक्त गाँजाका पोकाहरू प्रहरी चौकी अमृतगन्ज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630