skip this farak Kura Pravakar

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

बैठक शनिबार बिहान नौ बजे बस्नेगरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ ।

उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको थियो ।

नेम्वाङलाई हराउदै आठ दलीय सत्ता गठबन्धनका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

nijgadh-supermart-adz1200-630