मैले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन समातियो : अर्थमन्त्री महत

वि.सं.२०८० साउन ८ सोमवार १५:१३
276
shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन बरामद गर्न सकिएको दाबी गरेका छन् ।
सोमबार बुटवलमा प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण १०० किलो सुन समातिएको दाबी गरेका हुन् ।
यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिँदा उक्त सुन समातिएको उनको भनाइ छ ।सुन तस्करी प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने र उक्त अनुसन्धानमा आफूले सघाउने बताएका उनले दोषी जोसुकैलाई कारबाही गरिने बताए ।

वि.सं.२०८० साउन ८ सोमवार १५:१३