skip this farak Kura Pravakar

सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज सुनुवाई हुँदै

876 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आजदेखि नाबालिका बलात्कारको अभियुक्त लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा पुनः सुनुवाई हुने भएको छ ।

साउन ३२ गतेदेखि निरन्तर सुनुवाई हुने भनिएपनि पीडितकी आमाको समेत दुईवटा जन्मदर्ता देखिएको भन्दै अदालतले उनको जन्ममिति यकिन गर्न आदेश गरेको थियो । त्यसको १० दिनमा मुद्दाको पुनः सनुवाइ हुने भएको हो ।

सर्वोच्च अदालतले फागुन १५ गते उनको मुद्दा फास्ट ट्र्याकमा टुंगो लगाउन आदेश दिएको थियो । तर, जिल्ला अदालत काठमाडौंमा लगातार सुनुवाई हुन सकेको छैन ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।विदेशमा रहेका सन्दीप इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका थिए ।

विमानस्थलबाटै पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका उनलाई पुस २८ गते २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।

nijgadh-supermart-adz1200-630