skip this

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

642 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, २१ भदौ । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ।

संसद् सचिवालयका अनुसार आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

nijgadh-supermart-adz1200-630