skip this

मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन 

807 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। आज बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए।

उनका अनुसार सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ।पाठेघरको मुखको क्यान्सरबाट पीडित उनको लामो समयदेखि उपचार चलिरहेको थियो।सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी उनी गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन्।

nijgadh-supermart-adz1200-630