नेपाली कांग्रेस महिला तथा बालबालिका समन्वय विभाग मधेस प्रदेशमा निजगढका ७ जना मनोनित

537 shares

बारा–नेपाली कांग्रेस महिला तथा बालबालिका समन्वय विभाग मधेसमा निजगढका ७ जना मनोनित भएका छन् ।

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिका सभापति कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ११ को (ख) बमोजिम प्रदेश सदस्य मनोनित गरेका हुन् ।

विभागको प्रमुख भावना ढुंगेल घिमिरे रहेकी छिन् । विभागको ७ जना सदस्य मनोनित भएका हुन् । मनोनित हुनेमा सोफिला योन्जन, सावित्री बराल, सुभद्रा कुमारी पौडेल नेपाल, शोभा तिमल्सिना, शान्ता सुवेदी, सीता अधिकारी थापा र सीता माया लोप्चन रहेकी छिन् ।

विभागको सदस्यमा निजगढ नगरपालिकाभित्रका ७ जना मनोनित भएको नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिनाले जानकारी दिए ।