skip this bagdve 29 th

तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको उपाधि फ्रिडम फाईटर काठमाण्डौले चुम्यो

विजेताले दुई लाख र उपविजेतालाई एक लाख पाए

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको सिमरा रङ्गशालामा भएको तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटवल प्रतियोगिताको उपाधि काठमाण्डौको फ्रिडम फाईटर विजयी भएको छ ।

पछिल्लो समय भेट्रान फुटबलमा छुट्टै पहिचान बनाईरहेको फ्रिडम फाईटल पहिलो पटकको सहभागितामा उपाधि चुमेको हो ।

घरेलु मैदानमा घरेलु दर्शकको साथ पाएको सिमरा भेट्रानलाई ३–१ गालले पराजित गर्दै फ्रिडम फाईटरले ईतिहास रचेको हो ।

फ्रिडम फाईटरको जितको लागि कमल विष्ट, भिमबहादुर श्रेष्ठ, विकर्ण श्रेष्ठले गोल गरेका थिए ।

सिमराका लागि एक मात्र सान्त्वना गोल भेषराज लिम्बुले गरेका थिए ।

विजेताले दुई लाख र उपविजेतालाई एक लाख पाएको छ ।

म्यान अफ द म्याच फ्रिडम फाईटरका विकर्ण श्रेष्ठ घोषित भए । बेष्ट कोचको उपाधि फ्रिडम फाईटरका सुरज श्रेष्ठ घोषित भए । बेष्ट मिड फिल्डको उपाधि फ्रिडम फाईटरका राजकुमार घिसिङ घोषित भए ।

म्यान अफ द सिरिस आयोजक सिमरा भेट्रानका गोपिप्रसाद भट्ट घोषित भए । उनले ५१ हजार पाए ।

भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादबले विजयी टिमलाई चेक र ट्रफि प्रदान गरेका थिए ।

७ असोजबाट सुरु भएको प्रतियोगितामा दुई विदेशी सहित १२ टिमको सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष राजकपुर राउतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदीप गौतमले गरेका थिए ।

nijgadh-supermart-adz1200-630