आफ्ना नेता कार्यकर्ताहरूको मूल्याङ्कन गर्ने बेला भएको छैन : डोलप्रसाद अर्याल
वि.सं.२०८० असोज २४ बुधवार १०:४४

काठमाडौं। आफ्ना नेता कार्यकर्ताहरूको मूल्याङ्कन गर्ने बेला नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले बताएका छन् ।
आज पार्टीको प्रथम काठमाडौं जिल्ला भेला कार्यक्रममा बोल्दै उनले पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुने तर कसैमाथि पनि आक्रामक रुपले प्रस्तुत हुने र कारवाही गर्ने खालको काम गर्न नहुने बताए ।
उनले भने ‘पार्टी निर्माण गर्दै गर्दा नजानेर पनि साना–साना कमी कमजोरीहरू हुन सक्ने र पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुन सक्नेछ । त्यसैले हाम्रा नेताहरूको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन । कसैमाथि पनि आक्रामण रूपले प्रस्तुत हुने र कारवाही गर्ने खालको कामबाट हामी टाढा रहनु पर्छ ।’ उनले पार्टीभित्र विभिन्न प्रकारका डर, शंका, उपशंकाहरु उब्जेको अवस्थाबाट आफूहरू गुज्रिरहेको बताए ।
वि.सं.२०८० असोज २४ बुधवार १०:४४

















