skip this

दुईदिन भित्र भूकम्प पीडित सबैलाई अस्थायी बसोबासको व्यवस्था गर्छौ : स्वास्थ्यमन्त्री बस्नेत

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जाजरकोट–रुकुम भूकम्प प्रभावित क्षेत्रका बासिन्दा सबैलाई दुई दिनभित्रमा अस्थाई बसोबासको व्यवस्था गर्ने स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले बताएका छन् ।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले भूकम्प गएकै दिन तीनै तहका सरकार लागेर घाईतेहरुको उपचार गर्न सफल भएको दाबी गर्दै पर्सि सम्ममा प्रभावितलाई अस्थाई बसोबासको प्रबन्ध गर्नेदेखि खाद्यान्नको व्यवस्था गर्ने तथा राहतमा कमी हुन नदिने ठोकुवा गरे ।

उनले भने, ‘संघ,प्रदेश,स्थानीय सरकार,प्राथमिक स्वास्थ्य चौकीहरु सबैले झामझुम गरेर घाइतेको तुरुन्तै उद्दार र राम्रो उपचार गर्न सफल भयौं । अब पर्सिको दिन सम्ममा प्रभावितलाई अस्थाई बसोबासको व्यवस्था गर्नेदेखि खाद्यान्न सबैको व्यवस्था हुन्छ ।’

उनले भूकम्प प्रभावित जनताका लागि आफूले प्रतिनिधित्व गरेको जिल्ला सिन्धुपाल्चोकबाट राहतको लागि स्थानीय सरकारलाई भनेर तीन स्थानीय तहबाट निणर्य गर्न पहल गरेको जिकिर गर्दै सबैलाई सकेको सहयोग गर्न आग्रह पनि गरे ।

nijgadh-supermart-adz1200-630