मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने एमालेको निर्णय

वि.सं.२०८० कात्तिक २२ बुधवार १७:०९
1.37K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले १४ मंसिरदेखि तीन साता लामो मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने एमालेले जनाएको छ ।

वि.सं.२०८० कात्तिक २२ बुधवार १७:०९