संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक
वि.सं.२०८० मंसिर २५ सोमवार १०:०५
1.07K
shares

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दलको बैठक बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार बैठक संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल केन्द्रित हुने छ । बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुने अर्यालले बताए ।
रास्वपा सभापति रवि लामिछाने बेलायतमा रहेका छन् । आजको बैठक दलका कार्यवहाक नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्ने छ ।
वि.सं.२०८० मंसिर २५ सोमवार १०:०५
















