skip this

रेशमले नाउपा नेपाल दर्ता गराएपछि रन्जिताको प्रतिकृया– भान्जा कविरलाई धेरै धेरै शुभकामना

नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम र चुनाव चिह्न जाँतो

666 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि नागरिक उन्मुक्ति पार्टीकी संस्थापक अध्यक्ष रन्जीता श्रेष्ठले प्रतिकृया जनाएकी छिन् ।

पूर्व मन्त्री समेत रहेकी श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छिन्–नागरीक उन्मुक्ती पार्टी नेपालको अध्यक्ष भएकोमा भान्जा कविरलाई धेरै धेरै शुभकामना । निर्वाचन आयोगमा पेश भएको कागजातमा पार्टीको अध्यक्ष कबीर सोबलाई गरिएको छ । त्यस्तै, चुनाव चिह्न भने जाँतो प्रस्ताव गरिएको छ ।

रेशम संरक्षक रहेको नागरीक उन्मुक्ती पार्टीमा पत्नी रन्जिता अध्यक्ष थिईन् । रेशम–रन्जित सम्बन्ध विग्रेपछि नयाँ दल नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर दल दर्ता प्रकृया थालिएको हो ।

२८ वर्षीय सोब कैलाली टिकापुरका हुन् । चौधरीसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खानलाई उपाध्यक्ष बनाईएको छ ।

अबदुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।

टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।

श्रेष्ठ र चौधरीको समूह फरक–फरक थियो ।

nijgadh-supermart-adz1200-630