प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो मान्दैनन् –अध्यक्ष ओली
वि.सं.२०७९ फागुन १४ आइतवार १६:२५

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० पछि दाम्लो चुँडाएर हिँड्न खोजेको तर आफूले रोक्ने गरेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज र काठमाडौँमा भएको सहिद परिवार र घाइतेको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एउटा भाषा बोल्ने र काम अर्कै गर्ने नेता रहेको बताए । उनले जनयुद्ध, सहिद तथा घाइते परिवारलाई धोका दिँदै आएका प्रचण्डले आफूलाई धोका दिनु कुनै अनौठो नभएको पनि बताएका छन् ।
‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र रु’ ओलीले भने ।प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको पनि ओलीले बताएका छन् ।
त्यस्तै अध्यक्ष ओलीले दाहाललाई बिरालोको संज्ञा दिएका छन् । ‘ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन,’ ओलीले भने ।उनले आफूले ८० सिट हुँदा पनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको र जे पनि गरेको आरोप लगाए ।
वि.सं.२०७९ फागुन १४ आइतवार १६:२५
















