skip this farak Kura Pravakar

भूकम्प पीडितका कुरा सुन्न प्रचण्ड बझाङमा (फोटो फिचर)

घर बनाइदिन्छौं : प्रधानमन्त्री

1.99K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बझाङ-भूकम्प पीडितका कुरा सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बझाङ पुगेका छन् ।  नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरे ।

भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् ।

प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् ।

उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताए ।

प्रधानमन्त्रीसँग भूकम्प प्रभावित बलबहादुर सुनारले आफूहरुका समस्या सुनाएका थिए । त्यो समस्या सुने पछि प्रचण्डले समस्या समाधानका लागि चाँडै पहल गर्ने बताएका हुन् ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।

बझाङ चैनपुरमा भुकम्पको क्षतिको अवलोकन पश्चात् जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र नागरिक अगुवाहरुसङ्ग प्रधानमन्त्री प्रचण्डले भेट गरेका छन् ।

अवलोकन टोलीमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुभक्त जैसीलगायत सहभागि छन् ।

तस्विरहरु : प्रधानमन्त्री सचिवालय

nijgadh-supermart-adz1200-630