सर एडमन हिलारीको देशबाट सपुतले लेखे- भेडा बन्ने कि भेडा पालेर समृद्ध बनाउन सक्ने नेतृत्व छान्ने ?
देशकाे अवस्था, नेतृत्व र मतदाताकाे साेचकाे विषयमा चर्चा
वि.सं.२०७९ कात्तिक २ बुधवार ०९:२०

काठमाडौं- गायक प्रकाश सपुत दशै सांगितिक टुरकाे क्रममा न्युजिल्यान्डमा छन् ।
न्युजिल्याण्ड तेन्जिङ नोर्गेसंगै पहिलो पटक सगरमाथा चढ्ने सर एडमन हिलारीको देश हो । जहाँ मानिस भन्दा धेरै भेँडा छन् । त्यहाँको किसानले भेँडा पालेर मनग्ये कमाएका छन् ।
नेपालमा नेपाली जनता भेँडा हुन् भन्ने भनाइ चर्चित छ । लहव पुरुष गणेशमान सिंहले चुनावकाे नतिजापछि यस्तो बक्तव्य दिएका थिए । ४ मंसिरमा प्रतिनिधि सभा, प्रदेश सभाकाे चुनाव हुदैँछ ।
भेँडा पालन धेरै हुने देशमा पुगेका कलाकारकाबीचमा याे प्रसंग स्थान पाएकाे छ । गायक प्रकाश सपुतले बुधबार फेसबुकमा स्टाटस् लेख्दै देशकाे अवस्था, नेतृत्व र मतदाताकाे साेचकाे विषयमा चर्चा गरेका छन् ।

उनले लेखेका छन्-पढेलेखेको एउटा पुस्ता देश बन्ने बेला सम्म क़ुर्नु भन्दा बनेको देशमा गएर शेटल हुन सजिलो मानेर उड्याउड्यै छन । हामी राष्ट्रभक्त भईटोपल्नेहरुले गर्ने मेसो पाउदैनौ । यस्सो गित गायो । गुनासो गर्यो । सकियो । देश बनाउछु भनेर ज़िम्मा लिएकाहरु देशकै स्रोत शक्तिले आफ्नाहरु पोस्न र राजनैतिक भाडभैलो गर्नमै व्यस्त छन । “न्युजिल्याण्डमा मानिसको जनसंख्या भन्दा ३ गुणा बढि भेडाहरु रहेछन । त्यो भन्दा धेरै भेडा त नेपालमै छन “ भन्ने जोक यो यात्रामा खुब चल्यो । अब चुनाव आउदैछ । साच्चै आफै भेडा बन्ने कि भेडा पालेर पनि समृद्ध बनाउन सक्ने नेतृत्व छान्ने ? सोच्ने होकि !
वि.सं.२०७९ कात्तिक २ बुधवार ०९:२०

















