सपुतलाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि नरोकिए हामी प्रतिकार गर्छौ ’ (विज्ञप्तिसहित)
प्रकाश सपुतको गीतमा प्रचण्डको प्रतिक्रिया- उत्तेजित हुनुपर्ने छैन
वि.सं.२०७८ फागुन ३० सोमवार १२:२१

काठमाडाैं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’को विवाद चर्किदैं छ । दशवर्षे सशस्त्र द्वन्दका परिणामको केही हिस्सा समेटेपछि गीत विवादमा मुछिएको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा बिभिन्न ठिक र बेठिकका अनेक बहस भइरहेको छ । भने कतिपय नेताहरुले भने, धम्की समेत दिएका छन्।
यहीं बिषयमा गीत विवादमा युथ फोर्स नेपाल भने गायक सपुतको पक्षमा उभिएको छ । युथ फोर्स नेपालले एक विज्ञप्ति जारी गर्दै सपुतमाथि भइरहेका धम्कीपूर्ण भाषा रोक्न अनुरोध गर्दै धम्कि नरोकिए प्रतिकार गर्न आफु तयार रहेको बताएको हो ।
‘स्वतन्त्रता, सामाजिक न्याय, उत्पीडित वर्ग, समुदायको हक–हितको रक्षासहितको प्रावधान संविधानमा राखिएको छ ।
तर पनि भर्खरै चर्चामा आएको प्रकाश सपुतको ‘पीर’ नामक भिडियोलाई लिएर माओवादी (केन्द्र) आवद्ध वाइसियल लगायत जनसंगठनका नेता कार्यकर्ताले भिडियो बन्द गर्न धम्कीपूर्ण भाषासहितको अभिव्यक्ति दिएको देखियो’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसबाट ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेको’ प्रष्ट भएको छ ।
कलाकारले कलाकारिताको माध्यमबाट यथार्थ चित्रण हुनेगरी मनोरञ्जन दिने अभिप्रायले सिर्जना गरेको हुन्छ । कलाकारले देखाएको प्रतिभालाई रोक्ने अधिकार कसैलाई हुँदैन ।’
देशमा कानुनी राज्य भएको र कानुन उलंघन हुनेगरी प्रसारण भए कानुनी सहायता लिई गीतमा रोक लगाउन सकिने बताएको युथ फोर्स नेपालले धम्कीपूर्ण कार्य रोक्न समेत सुझाव दिएको छ ।
‘कानुन सम्बत भएको रचना कसैले धम्की दिई रोक्न खोजिन्छ र राजनीतिक नाममा अराजनीतिक गतिविधि गर्न खोजिन्छ भने यसको प्रतिकार गर्ने मुलुकमा युथ फोर्स नेपाल रहेको छ’ युथ फोर्स नेपालका प्रमुख पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसै सन्दर्भमा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले ल्याएको ‘पिर’ गीतबारे कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिएका छन्।
सुदूरपश्चिम प्रदेशको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले ‘जनयुद्ध’ बाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने बताएका थिए।
माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन माग गरिरहेका बेला प्रचण्डले उत्तेजित हुनु नपर्ने बताएका हुन्।
यो पनि..
प्रकाश सपुतको गीतमा प्रचण्डको प्रतिक्रिया- उत्तेजित हुनुपर्ने छैन
‘प्रकाश सपुतको गीतले जनयुद्धको विरोध गरेको छैन, सर्जकलाई किन धम्क्याउने?’ भट्टराई
प्रकाश सपुतको ‘पिर’ गित हटाउन दबाब : पूर्वजनमुक्ति सेनाको प्रश्न– जनयुद्धको किन विरोध ?
माओवादी लडाकुलाई यौनकर्मीको रुपमा प्रस्तुत गरिएको प्रकाश सपुतको गितको आलोचना
‘प्रकाश–सुरक्षा’ जस्ता लडाकु–कार्यकर्ताको अब मन नदुखोस् ! गितलाई प्रतिबन्ध हैन नेता सुधारौं
माओवादीमाथि प्रकाश सपुतको ‘पिर’ बाेलकाे भिडियाेकाे ‘कठोर’ समीक्षा
वि.सं.२०७८ फागुन ३० सोमवार १२:२१

















