यही चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री दाहालको तयारी
वि.सं.२०७९ चैत १ बुधवार १३:४१
837
shares

काठमाडौं। यही चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले पार्टीका सांसद तथा मन्त्रीलाई उक्त दिन कतै कार्यक्रम नपार्न निर्देशन दिइसकेका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै वर्तमान सरकाराबट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएका छन् ।यसबीच, एमाले तथा राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिइसकेका छन् भने रास्वपाले भने समर्थन कायमै राखेको छ ।संसदबाट विश्वासको मत लिएपछिमात्रै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री दाहालले तयारी गरेका छन् ।
वि.सं.२०७९ चैत १ बुधवार १३:४१

















