skip this farak Kura Pravakar

निजगढमा पुस २१ मा हुने प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न तयारी सुरु

विभिन्न उपसमिति गठन

2.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा प्रथम खुला प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न तयारी सुरु भएको छ ।

बारा जिल्ला तेक्वान्दो कार्यसमितिको आह्वानमा निजगढ–८ स्थित तेक्वान्दो हलमा बसेको बैठकले प्रतियोगिता सञ्चालनको लागि तयारी सुरु गरेको हो ।

जिल्ला अध्यक्ष चित्रबहादुर लामा नन्दुको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता सञ्चालन गर्न विभिन्न उपसमिति समेत गठन गरेको छ ।

बैठकले मञ्च व्यवस्थापन र निर्णायक व्यवस्थापक राजु माझि, प्रचारप्रसार तथा व्यानर व्यवस्थापन शंकर रखाल, अतिथी सत्कार अनु बस्नेत, तौल व्यवस्थापन र टाइसिट व्यवस्थापन संयोजक पवन श्रेष्ठ, खाना व्यवस्थापन राज कुमार श्रेष्ठ, फोटो/भिडियो संयोजक गौरब दाहाल, भईपरि आउने विषय संयोजक बुद्धिलाल श्रेष्ठ र उद्घोषकको जिम्मेवारी दिपक कुमार खड्कालाई दिईएको अध्यक्ष लामाले जानकारी दिए ।

बैठकमा कार्यसमितिका सचिव दिपक कुमार खड्का, कोषाध्यक्ष पावर्ती बस्नेत अनु, सदस्य धनकुमार सिजाली, पवन श्रेष्ठ, बुद्धिलाल श्रेष्ठ, राजकुमार चौधरी, शंकर रखाल, नेपाल तेक्वान्दो निजगढ नगर विकास समितिका अध्यक्ष मानध्वज लामा, पत्रकार महेश्वर अधिकारी, तेक्वान्दो क्षेत्रका मानबहादुर लामा, मकलबहादुर बल तामाङ लगायतको उपस्थिति रहेको थियो ।

बारा जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजना तथा निजगढ नगरपालिका वडा नं. ८ को कार्यालय र निजगढ रिर्सोटको प्रायोजनामा पुस २१ गतेदेखि प्रतियोगिता सञ्चालन हुने छ ।

प्रतियोगितामा १३ वटा तौल समुहमा महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । १८ गतेसम्ममा खेलाडीले सहभागिताको लागि नाम दर्ता गराउन सक्नेछन् ।

प्रतियोगिताको तौलम समुहका प्रथम खेलाडीले मेडल, प्रमाणपत्रसति नगद पुस्कार प्राप्त गर्नेछन् भने प्रथम, दितृय र तीतृय हुने डोजाङलाई शिल्डक कप प्रदान गरिने छ ।

प्रतियोगिताको मिडिया पार्टनर निजगढसमाचार साप्ताहिक र फरक नेपाल डट कम रहेको छ ।

nera mabi laal
nijgadh-supermart-adz1200-630