निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गर्नु राष्ट्र हित विपरीत हो : मन्त्री किराँती

वि.सं.२०८० पुस १३ शुक्रवार १९:४८

sf7df8f}F, # df3M sfo{ef/ ;DxfNg'x'Fb} dGqL ls/fFtL gjlgo'Qm ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL ;'bg ls/fFtL dGqfnodf dªunaf/ kbef/ ;DxfNg'x'Fb} . tl:a/ M gjLg kf}8]n÷/f;;
काठमाडौँ-संस्कृति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गर्नु राष्ट्र हित विपरीत भएको बताएका छन् ।
शुक्रकार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सव (रजत) का अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले निजगढ विमानस्थल अहिले बनाउन नदिई विरोध गर्नेहरुले १० वर्षपछि देशलाई हुने घाटा व्यहोर्नुपर्ने बताए । उनले निजगढ बनाउन लाग्दा बाधा अवरोध गर्नु राष्ट्र हित विपरीत हुने बताए ।
उनले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठूलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताए । उनले काठमाडौँको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तैउस्तै भएको टिप्पणी गरे । उनले काठमाडौँको विकल्प सरकारले खोज्नैपर्ने भन्दै यसको विकल्प निजगढ विमानस्थल भएको बताए ।

वि.सं.२०८० पुस १३ शुक्रवार १९:४८