skip this farak Kura Pravakar

एमाले निजगढको तेस्रो अधिवेशनको तयारी तिब्र ! यी हुन् आकांक्षि

2.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (एमाले) निजगढको अधिवेशन अधिवेशन तयारी तिब्र रुपमा भईरहेको छ । नेकपा एमालेको तेस्रो निजगढ नगर अधिवेशनमा भाग लिने प्रतिनिधि टुङ्गो लागेको छ ।

नगर अधिवेशनका लागि विभिन्न माध्यमबाट कुल दुई सय ९६ जना प्रतिनिधि छानिएका छन् । जसमा भुगोलबाट एक सय ९३, आयोजक कमिटीबाट ६९ जना, जनसंगठनबाट २७ र सल्लाहकारबाट ७ जना प्रतिनिधि छानिएका हुन् । बैशाख १२ गते भूगोल र १३ गते जनसंगठनबाट प्रतिनिधि छनौंट भएका हुन् ।

नगरपालिकाका १३ वटै वडाबाट संगठित पार्टी सदस्य संख्याको आधारमा सर्वसम्मत रुपमा प्रतिनिधि छानिएका हुन् ।

यसरी छानिन्छन् प्रतिनिधि

प्रत्येक वडामा ४ जना संगठित पार्टी सदस्य बराबर १ एक जनाको दरले महिला ३३, युवा २० प्रतिशत र एकजना दलितलाई समेत समावेश गरेर प्रतिनिधि छनौट भएका हुन् । त्यसैगरी पार्टीमा आबद्ध ९ वटा जनवर्गीय संगठनहरुबाट ३/३ जनाको दरले प्रतिनिधि छनौट भएका हुन् ।

पार्टीको सल्लाहाकार कमिटीबाट भने ७ जना प्रतिनिधि छनौट भएका छन् । अन्य दललाई आमन्त्रण गरिने नेकपा (एमाले) ले अधिवेशन उद्घाटन समारोहमा शुभकामनाका लागि अन्य दललाई समेत आमन्त्रण गरेको छ । आगामी १७ गते निजगढ–८ स्थित शुभकार्य बैंकुटमा हुने नगर अधिवेशनको पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उद्धाटन गर्ने कार्यक्रम छ । यी हुन् आकांक्षि तेस्रो अधिवेशनमार्फत नगर पार्टीको नेतृत्व गर्न ६ जना आकांक्षिको नाम चर्चामा छ ।

आकाक्षिमा पूर्व नगर अध्यक्षदेखि कार्यसमितिका पदाधिकारी समेत छन् । जसमा नगर सचिव तिलक घलान, उपसचिव थानेश्वर सापकोटा ‘अविरल’, पूर्व अध्यक्ष दिलबहादुर लामा, सचिवालय सदस्य जयराम कुमर, रिटर्नी फेडेरेशनका निर्वतमान केन्द्रिय उपाध्यक्ष रामकृष्ण घिमिरे, युवा संघ निजगढका पूर्व अध्यक्ष माधव न्यौपाने हुन् ।

nijgadh-supermart-adz1200-630