बकैया नागमणीको नयाँ नेतृत्व चयन अन्यौल ! निर्वाचन प्रकृया स्थगित
वि.सं.२०८२ वैशाख १५ सोमवार २१:४०
फाईल तस्विर
बारा–बाराको निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुहको नयाँ नेतृत्व चयन अनिश्चित बनेको छ ।
नयाँ नेतृत्वका थालिएको निर्वाचन कार्यक्रम मनोनयन दर्तापछि थप अघि बढेको छैन् ।
कार्यतालिका अनुसार मनोनयन दर्तापछि मनोनयन दर्ता सूची सार्वजनिक गर्नुपर्नेमा सोमबार साझसम्म हुन सकेको छैन् ।
निर्वाचन प्रकृया स्थगित
निर्वाचन समितिले हाललाई निर्वाचन कार्यक्रम स्थगित गरेको छ । समितिको सोमबार बसेको बैठकले निर्वाचन प्रकृया अगाडी बढाउन असहज वातावरण बनेको भन्दै निर्वाचन कार्यक्रम स्थगित गर्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।
निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यक्रम अन्तर्गत विभिन्न पदमा ३१ जनाको मनोनयन दर्ता गरेको छ ।
मनोनयन दर्तामा सबै प्रकृया पुरा गरेपनि निर्धारित समयभित्र निर्वाचन कार्यालयमा उम्मेदवार उपस्थित हुन केहि मिनेट ढिलो भएपछि प्रवेशद्धारमा ताला लगाएर रोकिएको थियो ।
मनोनयन पत्र कार्यालयमा पुगेर दर्ता भएपनि उम्मेदवार कार्यालयमा पुग्न नसकेको विषयलाई लिएर उम्मेदवारी कायम हुन नहुने भन्दै कांग्रेसले अवरोध भएपछि निर्वाचन समितिले मनोनयन दर्ता सूची सार्वजनिक गर्न नसकेको हो ।
तीन वटा प्यानल
नयाँ नेतृत्वका लागि तीन वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस, एमाले–माओवादी–जनमत र रास्वपा पार्टीले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
वि.सं.२०८२ वैशाख १५ सोमवार २१:४०
















