बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. ले सञ्चालन गर्यो डोर टु डोर कार्यक्रम
वि.सं.२०८२ वैशाख १६ मंगलवार २१:२९

बारा–बाराको निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. ले डोर टु डोर कार्यक्रम सञ्चालन गरेको छ । विशेषयज्ञबाट कृषक सदस्यहरुको गाईलाई उपचार एवम् निःशुल्क औषधि वितरण गर्ने योजना अनुसार गोठमै पुग्न अभियान ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरिएको हो ।
दुई दिनसम्म सञ्चालन गरिएको डोर टु डोर शिविर कार्यक्रममा पूर्वनिर्धारित सुचना अनुसार ४४ जना किसानको गोठमै पुगेर परामर्श, उपचार तथा औषधि वितरण गरिएको संस्थाका अध्यक्ष थानेश्वर सापकोटा ‘अविरल’ ले बताए ।
संस्थाले निजगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहकार्यमा सञ्चालन शिविरमा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका बैज्ञानिक डा. उद्वव पनेरु, रत्ननगर नगरपालिकाका पशुसेवा प्राविधिक डा. सुन्दर बस्नेत, निजगढ नगरपालिका पशु सेवा शाखा प्रमुख युगलकशोर सिंह, निजगढ नगरपालिकाका नायव पशु सेवा प्राविधिक डा. मुना भण्डारी, खुसनन्दनलाल कुमर लगायतको टोलीले पशुको परीक्षण, उपचार र किसानलाई परामर्श दिएको थियो ।
गाईभैसीको कृतिम गर्भाधान पटकपटक असफल भएको, पशु थुनेलो, बा“झोपन लगायतका समस्या देखिएको देखिएका पशुहरुको उपचार गरिएको शिविरमा संलग्न डा. बैज्ञानिक डा. उद्वव पनेरुले बताए ।

रत्ननगर नगरपालिकाका पशुसेवा प्राविधिक डा. सुन्दर बस्नेतले पशुको गोठ व्यवस्थापन र पशु आहार व्यवस्थानमा ध्यान नपुग्दा किसनले आर्थिक नोक्सानीमा पर्नु परेको बताए । उनले शिविरमा पशुको उपचारस“गै किसानलाई परामर्श समेत दिईएको बताएका छन् ।
निजगढ नगरपालिका पशु सेवा शाखा प्रमुख युगलकशोर सिंहले विगतदेखि नै पशुको समस्या र किसानको प्रवद्र्धन गर्न नगरपालिकाले दुग्ध सहकारी संस्थास“ग सहकार्य गर्दै आएको बताएका छन् ।
फर्महरूको अवलोकन र प्राविधिक टोलीसँगै संस्थाका सञ्चालक समितिका अध्यक्ष थानेश्वर सापकोटा, सचिव प्रकाश सापकोटा, कोषाध्यक्ष साजन ढुंगाना, व्यवस्थापक शौरभ अधिकारी लगायत कर्मचारी सहभागि थिए ।
वि.सं.२०८२ वैशाख १६ मंगलवार २१:२९
















