skip this farak Kura Pravakar

सोवितालाई उपसभामुखको उम्मेदवार बनाउने तयारी

2.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपसभामुखको उम्मेदवार टुंगाउन संसदीय दलको बैठक बोलाएको छ। सत्ता साझेदार दलमा उपसभामुख भाग परेपछि रास्वपाले अहिले बिहान ९ बजे उम्मेदवार टुंग्याउन दलको बैठक बोलाएको हो।

यो पार्टीबाट सोविता गौतमलाई उपसभामुखको उम्मेदवारी बनाउने तयारी रहेको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनले पूर्वसभामुख तथा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गरेकी थिइन् ।

कानुनका विषयमा जानकार भएकाले पनि गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत पार्टीभित्र बलियो छ । उनी पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा होमिएकी हुन्।

संसद सचिवालयले आज उम्मेदवारी दर्ताको समय तोकेको छ। भोलि प्रतिनिधिसभामा मत विभाजन हुनेछ। सत्ता गठबन्धनको बहुमत रहेकाले उनी नै निर्वाचित हुने करिब निश्चित छ।

nijgadh-supermart-adz1200-630