skip this hetauda tech

उपसभामुख : रास्वपाबाट चर्चा साेविता, निर्णय ईन्दिरा

इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने

735 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ ।

साेविता चर्चामा मात्र

यो पार्टीबाट सोविता गौतमलाई उपसभामुखको उम्मेदवारी बनाउने चर्चा थियाे । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनले पूर्वसभामुख तथा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गरेकी थिइन् ।

कानुनका विषयमा जानकार भएकाले पनि गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत पार्टीभित्र चर्चा भएपछि रानाकाे पक्षमा निर्णय भएको हाे ।

संसद सचिवालयले आज उम्मेदवारी दर्ताको समय तोकेको छ। भोलि प्रतिनिधिसभामा मत विभाजन हुनेछ। सत्ता गठबन्धनको बहुमत रहेकाले उनी नै निर्वाचित हुने करिब निश्चित छ।

nijgadh-supermart-adz1200-630