पृथ्वीसुब्बा गुरुङ र गठबन्धनका देव प्रसाद गुरुङले लमजुङमा गरे मतदान
वि.सं.२०७९ मंसिर ४ आइतवार १०:४३
1.23K
shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट मतदान गरेका छन् ।उनले क्व्होलासोथर गाउँपालिका ९ गिलुङ्स्थित वुद्धोदय माविबाट मतदान गरेका हुन् । गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पनि हुन् ।
त्यस्तै लमजुङ जिल्लाबाट नै गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उमेदवार देव प्रसाद गुरुङले सुन्दरबजार नगरपालिका– ८ स्थित भारती सदन माध्यमिक विद्यालय मतदान केन्द्र (क) बाट मतदान गरेका छन् । गुरुङले आफ्नो मतदाता नामवली रहेको उक्त स्थानबाट विहान ७ः४५ मा मतदान गरेका हुन् । गुरुङ माओबादी केन्द्रका महासचिव हुन् ।
वि.सं.२०७९ मंसिर ४ आइतवार १०:४३

















