वरिष्ठ जनस्वास्थ्यकर्मी प्रा.डा. अधिकारीको सुझाव : डेंगुको शंकास्पद बिमारीलाइ के नगर्ने ?

2.11K shares

डेंगु एक बिसाणुजन्य (viral) रोग हो जुन एक संक्रमित एडीस एजिप्टि (aedes aegypti) भन्ने लामखुट्टेको टोकाईबाट सर्छ । डेंगु रोग लगाउने बिसाणूलाइ डेंगु भाइरस (Dengue Virus) भनिन्छ । डेंगु का ४ प्रजातिहरू छन् जसलाई डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ प्रजाति भनेर चिनिन्छ र कुनै एक प्रजातिले डेंगु गराएमा उसलाई त्यो प्रजातिको मात्र प्रतिरक्षा शक्ति बिकाश हुन्छ र बाकि प्रजातिको पुन: संक्रमण भएमा त्यस व्यक्तिलाई अझ गम्भीर प्रकृतिको बिमारी गराउन सक्छ ।
बिश्वमा प्रतिबर्ष ४० करोड व्यक्तिमा डेंगु संक्रमण हुने गर्दछ जसमध्य १० करोड व्यक्ति यसबाट बिमार हुने गर्दछन् भने ४० हजार जना सिकिस्त बिरामी भई मर्ने गर्दछन् । ८० प्रतिशत भन्दा बढी डेंगु संक्रमित व्यक्तिहरुमा कुनै पनि लक्षणहरु नदेखिन सक्छ अथवा हामीले थाहा नपाइकनै डेंगु भएर पनि निको भैसकेको हुन सक्छ ।

डेंगु को प्रकार

डेंगु तीन प्रकारका हुन्छन् :

१. क्लासिक डेंगु जुन कुनै उपचार नगरिकनै आफै ठिक हुन्छ । क्लासिक डेंगु ज्वरो, वा ‘ब्रेक बोन फिभर’ मा संक्रमित लामखुट्टेको टोकाइको ३–१४ दिनपछि तीव्र ज्वरो आउने लक्षण देखिन सक्छ । धेरैजसो डेंगु का बिरामीलाइ येही अबस्था देखिन्छ ।

२.डेंगु हेमोरेजिक फिबरः यस प्रकारको डेंगुमा आन्तरिक रक्तस्राव हुन्छ र बिस्तारै महत्वपूर्ण अङगहरुले काम गर्न छोड्न सक्छ ।

३. डेंगु सक सिन्ड्रोमः यसप्रकारको डेंगु मा बिरामी अचेत हुनसक्छ ।
डेंगु का प्रमुख लक्षणहरु

ज्वरो आएको २ देखि ७ दिन भित्र तलका मध्ये २ लक्षणहरूसगै उच्च ज्वरो (१०४°f) देखिएमा डेंगुको शंका गर्नुपर्दछः
– गम्भीर टाउको दुखाइ
– आँखा पछाडि दुखाइ
– मांसपेशी र जोर्नी दुखाइ
– वाकवाकी
– वान्ता
– ग्रंथिहरू सुन्निनु
– सरिरमा बिमिराहरु (चबकजभक) देखा पर्नु

डेंगुको शंका लागेमा के गर्ने ?

डेंगुको शंका लागेमा डाक्टरलाई देखाउनअघि सामान्य ज्वोरो र जिउ तथा मम्सपेसिको दुखाइ मात्र छ भने घरमै ज्वोरो कम गराउन चिसो पानीपट्टि लगाइदिने गर्नुपर्छ र दुखाइ धेरैनै छ भने सिटामोल मात्र खानदिनु पर्दछ । बिरामीलाई प्रशस्त पानी तथा अन्य झोल पदार्थ जस्तै दाल, सागसब्जी, फलफुल, गेडागुडीको रस आदि पिउनदिनुस, बिरामीलाई धेरै भन्दा धेरै आराम गराउनुहोस् । गम्भीर लक्षण देखिएमा तुरुन्तै अस्पताल पु¥याई डाक्टर को सल्लाह अनुसार थप उपचार गराउन ढिलो गर्नु हुदैन ।

खतराको चिन्हहरु देखिएमा के गर्ने ?

ज्वरो आएको छ र बिरामीलाई कुनै पनि चेतावनी चिन्हहरू (warning signs) विकास भएको छ भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पतालमा जानुपर्छ । चेतावनी चिन्हहरूमा बेस्कन पेट दुख्ने, बान्ता हुने, सास फेर्न गाह्रो हुने, थकान बेचैनी, कलेजो सुन्निने वा नाक, गिजा, बान्ता वा दिसामा रगत आउने जस्ता चिन्हहरु पर्न सक्छन् । डेंगु हेमोरेजिक फिबरले व्यक्तिको आन्तरिक रक्ताश्राब गराई सामान्यतया १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घटाउदै लग्दछ र बिरामीलाई अति गम्भीर अवस्थामा पु¥याउन सक्दछ । बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।

सामान्यतया ज्वोरो आउदा वा टाउको वा माम्सपेसी र जोर्नीहरू दुख्दा हामि जथाभाबी दुखाइ कम गर्ने औषधिहरु आफै किनेर खाने गर्छौ । डेंगु ज्वोरोको समयमा यस्ता NSAIDS समुहका औषधिहरुले बिषको काम गर्न सक्छ ।

ब्रुफेन, पाराफ्लेम, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका औषधिहरुले रगत पातलो बनाउने र रक्तश्राव बढाउने भएकोले डेंगुको समयमा झन खतरा हुन्छ । डेंगु फिबर का बिरामीको मृत्युको प्रमुख कारणनै आन्तरिक रक्तस्राव भएको हुनाले बिरामीलाई ल्क्ब्क्ष्म् समुहका औषधिहरुबाट टाढा राख्नुपर्दछ ।

एडिस लामखुट्टेको बिषेशता तथा यसबाट बच्ने तरिका

एडिस लामखुट्टेलाइ टाइगर मस्कुइटो पनि भनिन्छ किनकि यसको शरीर र खुट्टामा कालो र सेतो धर्काहरु देखिन्छन् र यी लामखुट्टेहरू दिनको समयमा मात्र टोक्छन् (बिहान सबेरै र बेलुका साँझ पर्नुभन्दा धेरै अगाडिसम्म) । यो लामखुट्टे मानिसको बासस्थानको नजिक बस्दछ । खालि भाँडा, टायर, फुटेको सामानहरु जस्ता ठाउमा जमेको पानीमा यसले फुल पार्दछ र आफ्नो संख्यात्मक बृद्धि गर्दै जान्छ ।
एडीस लामखुट्टेको टोकाई बाट बच्न तलका विभिन्न चरणहरुमा लछित रोकथाम गरिनुपर्दछ ।

१. लामखुट्टेको प्रजनन रोकथामः

खालि भाँडा, टायर, फुटेको सामानहरु जस्ता ठाउमा जमेको पानी सफा गरि अण्डाहरु नस्ट गर्ने ।
२. पानी भण्डारण भएका घरबाहिरका कन्टेनरहरूमा उपयुक्त कीटनाशकहरू प्रयोग गर्ने ।
३. लामखुट्टेको टोकाइबाट व्यक्तिगत सुरक्षा गर्नेः सुत्नेबेलामा झुलको प्रयोग गर्ने, किटनासक क्रिमहरुको प्रयोग गर्ने, लामखुट्टे भगाउने धुफरुको प्रयोग गर्ने, बिहान र साँझको समयमा घर बाहिर धेरै ननिस्किने ।

–लेखक अधिकारी चितवन मेडिकल कलेज एम पी एच प्रोग्राम प्रमुख छन्