skip this

बारामा दुई लाख ९६ हजार नक्कली रुपैयाँ सहित एक जना पक्राउ

948 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको सिम्रौनगढमा नक्कली रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।
सिम्रौनगढको नयका टोला हरिहरपुर सडक खण्डबाट जाली नोट कारोबारीलाई हिजो मंगलबार राती पक्राउ गरिएको हो ।
प्रहरीले दुई लाख ९६ हजारसहित राैतहटकाे मौलापुर नगरपालिका-७ पिपरियाका अन्दाजी ३२ वर्षिय किशोरी साहलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनी सवार ना. २५ प. १९७८ नम्बरको माेटरसाइकल चेकजाँच गर्ने क्रममा पक्राउ परेका हुन् ।
पक्राउ परेका साहको साथबाट नक्कली नेपाली रुपैया एक हजारकाे नोट दुई सय ९६ थान गरी दुई लाख ९६ हजार र सक्कली नोट १२ हजार एक सय ३५ रुपैयाँ बरामद भएकाे बारा प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630