skip this

बाराबाट हेटौडा जाँदै गरेको बससंग मोटरसाईकल ठोक्यिो : ३७ वर्षिय युवाको मृत्यु

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ स्थित पुर्व पश्चिम राजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बाराबाट हेटौडा तर्फ आउदै गरेको ना ६ ख ८४२५ नम्बरको बस र बिपरित दिशा तर्फबाट जादै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका ७ बस्ने बर्ष ३७ का शिब प्रसाद सुबेदी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाइकल चालक दोलखा शैलुङ–५ बस्ने ४६ बर्षीय थनक प्रसाद दुलाल मध्यम घाइते रहेको प्रहरीले जनाएका छन् । उनको हाल चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने बस तथा चालक नियन्त्रणमा रहेका र घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630