skip this

काठमाण्डाैंमा प्रहरी थर्काउने नक्कली असई तामाङ पक्राउ

744 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रहरीले काठमाडौंको भद्रकालीबाट नक्कली प्रहरी सहायक निरीक्षक (असई) लाई पक्राउ गरेको छ ।

सडकमा जोर विजोर सवारी जाँच गर्ने क्रममा नक्कली असईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङले प्रहरी चेकिङका क्रममाब आफु विभागीय कर्मचारी भएको बताएका थिए । सोधपुछका क्रममा तामाङमाथी शंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले तामाङको साथबाट असईको पोशाक तथा दज्र्यानी चिन्हसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटासमेत फेला परेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

nijgadh-supermart-adz1200-630