ह्दयघातबाट सम्पादक राईको निधन
वि.सं.२०७८ माघ २० बिहीवार २१:१५
810
shares

काठमाण्डौं : ह्दयघातबाट पत्रकार कमल राईको निधन भएको छ । ४५ वर्षीय राईलाई बुधबार अक्सिजन लेभल कम भएर अस्पताल भर्ना गरिएको थियो ।
मित्रपार्क स्थित नेपाल-भारत मैत्री अस्पतालमा बिहीबार बेलुका निधन भएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य रमेश कुमार बोहोराले बताए ।
पत्रकार राईको पार्थिव शरिरलाई शुक्रबार विहान ८ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
उनी काठमाडौंबाट प्रकाशित हुने प्रभाव दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य समेत थिए ।
वि.सं.२०७८ माघ २० बिहीवार २१:१५

















